Logo
Logo

पोखरा महानगरले नीति तथा कार्यक्रम ल्याउँदै


378
Shares

पोखरा । पोखरा महानगरपालिकाले २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । मेयर धनराज आचार्यले बुधबार दिउँसो पोखरा सभा गृहमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

संघीयतापछि जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएपछि आउन लागेको कार्यक्रमले पर्यटनलाई केन्द्रमा राखेको मेयर आचार्यले बताए । यसैगरी ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी तथा क्षेत्रीय बसपार्क, पार्किङ लगायतका समस्या समाधान गर्ने गरी यो नीति तथा कार्यक्रम आउने आचार्यको भनाइ छ ।

‘यो वर्ष प्राथमिकता पर्यटनलाई दिएका छौं । पर्यटनको विकास गर्दा सबैको विकास हुन्छ भन्ने मान्यता हो,’ आचार्यले भने, ‘नीतिगत हिसाबले पोखरेली जनताको जीवनयापनलाई कसरी सहज बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने छौं ।’

पोखरा भन्नेबित्तिकै चिनिने लेकसाइडसम्मको सडकको सौन्दर्यीकरणको विषय पनि प्राथमिकताका साथ समेटिएको उनले जानकारी दिए ।

स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्