Logo
Logo

लघु चलचित्रबीच प्रतिस्पर्धामा ‘थर्ड आई’को ह्याट्रिक



काठमाडौं । दुई दर्जन नेपाली लघु चलचित्रबीच भएको प्रतिस्पर्धामा फिल्म थर्ड आईले उत्कृष्ट सर्ट फिल्मको अवार्डसहित ह्याट्रिक गरेको छ ।

काठमाडौंमा स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियशनले आयोजना सम्पन्न लघु चलचित्रको प्रतिस्पर्धामूलक कार्यक्रममा ‘तेश्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’मा आसुतोष प्रोडक्सनको फिल्म ‘थर्ड आई’ उत्कृष्ट भएको हो ।

काठमाडौंमा सम्पन्न प्रतियोगिता विभिन्न १३ बिधामा अवार्ड प्रदान गरेको छ । प्रतिस्पर्धामा थर्ड आईले अन्य तीन वटा अवार्ड समेत जितेको छ । जसमा थर्ड आईबाटै सोसियल फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड आशुतोष अधिकारीले प्राप्त गरेका छन् भने अभिनेत्रीतर्फ जुरीको अवार्ड अभिनेत्री कमला अधिकारीले प्राप्त गरिन । यही फिल्मबाट केडी प्रसितले सहअभिनेताको अवार्ड पाए ।

प्रतिस्पर्धामा सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड फिल्म अबसानबाट कल्यान अधिकारीले जितेका छन् । उत्कृष्ट अभिनेताको अवार्ड प्रदीप बाँस्तोलाले चुमेका छन् । अभिनेत्रीको अवार्ड फिल्म म मेरी बहिनी र उबाट सुजाता तिमल्सिनाले हासिल गरिन् ।

यस्तै, फिल्म दानवबाट मोहम्मद रफी शाहले निर्देशनतर्फ नै जुरी अवार्ड प्राप्त गरे भने फिल्म १२ ए एमबाट नवनिर्देशकको अवार्ड दिवस गिरिले प्राप्त गरे । उत्कृष्ट छायाँकारको फिल्म कलेज लाईफबाट मनोज चौधरीले पाए । उत्कृष्ट सम्पादनको अवार्ड फिल्म इतिबाट नविन निरौलाले प्राप्त गरेका छन् ।

यस्तै, नवअभिनेताको अवार्ड द टाईमबाट अभिषेक खकुरेलले प्राप्त गरेका छन् भने नवनिर्देशकको अवार्ड पनि द टाईमबाटै सुदीप कुँवरले जिते ।

नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा चलचित्र निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णुप्रसाद सुवेदी, अभिनेता विकाश चापागाईं, गजित बिष्ट, गोपाल ढकाल ‘छन्दे’ र चलचित्र लेखक शिवम अधिकारी थिए ।

प्रतिक्रिया दिनुहोस्