काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हज यात्रामा जाने अन्तिम टोलीलाई बिदाई गरेका छन् । साउदी अरबको मक्कामदिनामा जाने हज यात्रीलाई शुक्रवार मन्त्री खाँणले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका हुन् ।

अन्तिम टोलीमा यात्रा गर्ने १ सय १३ जनालाई बिदाई गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यसवर्ष नेपालका लागी छुट्याएको ५ सय ५५ मध्ये शुक्रावर अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । हज यात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाँणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए ।
असार ६ मा पहिलो टोली मक्कामदिनातर्फ प्रस्थान गरेको थियो । हज यात्रीहरु ३४ दिनपछि नेपाल फर्कनेछन् ।














