Logo
Logo

हैजा भेटिएपछि ललितपुरमा पानीपुरी बिक्री गर्न प्रतिबन्ध


2.5k
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबारदेखि पानीपुरी र चटपट बिक्री गर्न रोक लगाएको छ ।

पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो । पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ ।

महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी नबेच्न आग्रह गरिएको नगर प्रहरी प्रमुख सीताराम हाथेछुले बताए । उनका अनुसार कसैले पानीपुरी र चटपटे बिक्री वितरण गरेको पाइएमा कारबाही हुनेछ । रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी समेत बेच्न नदिने उनले बताए ।

यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो । त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्