Logo
Logo

माछापुच्छरे बैंकका नवनिर्वाचित अध्यक्षद्वारा सपथग्रहण




काठमाडौँ । माछापुच्छरे बैंकको पुस २० गते बसेको बैंकको २०औं साधारणसभाबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका डा. बीरेन्द्रप्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । बैंकको उक्त साधारण सभाबाट रोशन केसी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८८ वटा शाखा, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखारहित बैंकिङ सेवा गरी जम्मा १४२ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । हाल बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्