
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन् ।
अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ सम्मेलनमा सहभागी भएर सापकोटा साँझ ७ः१५ मा नेपाल आइपुग्ने सभामुखको सचिवालयले जनाएको छ ।
सापकोटासहितको नेपाली प्रतिनिधिमण्डल असार १४ गते बाकु प्रस्थान गरेको थियो । सभामुख सापकाेटाले सम्मेलनलाई असार १६ गते सम्बोधन गरेका थिए ।
सम्बाेधनका क्रममा उनले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी चुनौतीको सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेको बताएका थिए ।











