Logo
Logo

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : गगन थापा


2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । अर्थमन्त्रीको विषयमा संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने थापाले बताए । यस विषयमा छानबिन नगर्ने हो भने गलत नजिर बस्ने भन्दै नेता थापाले अर्थमन्त्रीले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेकोबारे प्रश्न उठेकोमा जवाफदेही बन्नु पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्