काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै मन्त्री नफ़ेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।

जसपा भित्रको विवादका कारण फुटको संघारमा रहेको जसपाले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसंगै डा. भट्टराईले भने प्रधानमन्त्री देउवालाई नयाँ मन्त्री नियुक्त नगर्न आग्रह गरेका थिए ।
तर प्रधानमन्त्री देउवाले भने आइतबार उपेन्द्र यादवले पठाएको नयाँ मन्त्रीलाई नियुक्त गरे । प्रधानमन्त्री देउवालाई डा. भट्टराईले उपेन्द्र पक्षको मन्त्री फिर्ता बोलाउने निर्णयमा सहमत नभएको भन्दै मन्त्री फिर्ता नगर्न आग्रह गरेका थिए । तर प्रधानमन्त्रीले भने भट्टराईको आग्रह अस्वीकार गर्दै नयाँ मन्त्री नियुक्ति गरेको डा. भट्टराई निकट एक नेताले बताए ।
डा. भट्टराईले प्रधानमन्त्रीलाई जसपाभित्र मन्त्री फेर्ने सहमत नभएको र यस विषयमा विवाद भएको भन्दै नयाँ मन्त्री नियुक्त नगर्न आग्रह गरेको उनी निकट एक नेताले जानकारी दिए । तर प्रधानमन्त्री देउवाले भने डा. भट्टराईको आग्रह अस्वीकार गरे ।











