Logo
Logo

‘अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरे, तत्काल छानबिन गरी कारबाही गर्नुपर्छ’


189
Shares

काठमाडौं । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बजेट निर्माण बेलाको सीसीटीभी फुटेज डिलिट गरेर ठूलै आर्थिक चलखेल गरेको बताएका हुन् ।

बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको ज्ञवालीको भनाइ छ ।

बजेट निमाण बेलको सीसीटीभी फुटेज डिलिट गरेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला गरेको आफैं पुष्टि गरेकोल उनको जिकीर छ । उपमहासचिव ज्ञवालीले यो घटनामा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो । यसलाई लुकाउन सीसीटीभी फुटेज डिलिट गरेर अर्को अपराध गरे ।’

प्रतिक्रिया दिनुहोस्