Logo
Logo

पदाधिकारीमा मतदान नगरौं, सहमति खोजौं : अध्यक्ष प्रचण्ड


1k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले सहमतिमै पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका छन् ।

मंगलबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका हुन् ।

बहुमत सदस्यले पदाधिकारी समेत टुंग्याउनुपर्ने मत राखेपछि अध्यक्ष प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने र त्यसमा सहमति नभए मतदानमा भने जान नहुने शर्त राखेको एक नेताले जानकारी दिए ।

बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको एक नेताले जानकारी दिए । बैठक भोलि दिउँसो १ बजेसम्मलाई स्थगन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्