Logo
Logo

गगनले भने- मेरा हातहरू सफा छन्, मेरो पक्षमा ढुक्कले बोल्नुहोस्


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफु कुनै कमजोर नैतिक धरातलमा नउभिएको बताएका छन् । बिहीबार अपराह्न सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै थापाले कुनै कमजोर नैतिक धरातलमा नउभिएको र आफ्नो हात साफ रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘ढुक्क हुनुहोस् ! म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । मेरा हातहरू सफा छन्। मेरा पक्षमा ढुक्कले बोल्नुहोस्। गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।’

बिचौलिया इनम सापकोटाले बयानमा कांग्रेसको आधिकारिताबारे आर्थिक लेनदेनको विषय उठाएको अडियो सार्वजनिक भएको छ । थापाले नेपाली कांग्रेसको आधिकारिताको कानुनी लडाईँमा एक सुकाको अनुचित लेनदेन नगरेको बताए ।

उनले भनेका छन्, ‘करोडको कुरा गर्छन् । नेपाली कांग्रेसको आधिकारिताको कानुनी लडाईँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन ।’ विद्रोह गर्नेले परिणाम चिन्ता नगर्ने भन्दै कांग्रेसको विशेष महाधिवेशन कांग्रेसभित्रको विद्रोह भएको बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000