Logo
Logo

अख्तियारमा रोकियो जागिर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष धेरै मुद्दा दायर गरेर नयाँ रेकर्ड बनायो । घुससहित रंगेहात पक्राउ गर्ने क्रम पनि बढेको छ । केही उच्चतहका व्यक्तिहरु समेत फन्दामा परेका छन् ।

तर, आयोगभित्रै कतिपय मुद्दाको अनुसन्धान भने रहस्यमय तरिकाले हराउने गरेको छ । कतिपय गम्भीर किसिमकै मुद्दा अनुसन्धान समेत लुकाउने गरिएको छ ।

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

यसरी लुकाइएकोमध्ये एउटा घटना हो, नेपाल प्रहरीका डीएसपी शिवबहादुर सिंहको मुद्दा । दुई वर्षअघिदेखि सिंहमाथि आयोगले अनुसन्धान गरिरहेको छ, तर निष्कर्षमा पुगेको छैन ।

एक दिनमै सकिने अनुसन्धान दुई बर्षसम्म रोकिनुको कारण आयोगका अधिकारीमाथिको दबाब नै हो ।

स्रोतका अनुसार स्नातक तहको परीक्षा नै उत्तीर्ण नगरी उनी इन्स्पेक्टरमा भर्ना भएका थिए । परीक्षामा नाम निस्किसकेपछि मात्र उनको स्नातकको रिजल्ट आएको थियो । जसअनुसार उनको नियुक्ति सिदै बदर हुने देखिन्छ । त्यतिबेलाको प्रहरी नेतृत्वसँग मिलेर उनी भर्ना भएका थिए । डिएसपीसमेत भइसकेका उनीविरुद्ध दुई बर्षअघि आयोगमा उजुरी परेको थियो । उनको भर्ना मिति र सर्टिफिकेट हेर्ने बित्तिकै थाहा हुने विषयमा पनि आयोगले दबाबको भरमा अनुसन्धानलाई टुंगोमा पु¥याउन सकेको छैन ।

त्यस्तै केही निजामती कर्मचारीहरुको अकुत सम्पत्ति अनुसन्धान पनि दबाबकै भरमा आयोगमा रोकिएको स्रोत बताउँछ । केही पावरफुल कर्मचारीहरुसँग करोडौं स्रोत नखुलेको सम्पति भेटिएको थियो । त्यस्तै सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी अधिकारीहरुकै सम्पत्तिको अनुसन्धान समेत आयोगमा दबाबकै भरमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्