काठमाडौं । सरकारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीको छानविन गर्न भएको छ ।
बिहीबार आगलागी भएको स्थानको निरिक्षण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगलागीको कारण पत्ता लगाउन छानविन समिति गठन गर्ने बताए ।

उनले गोदाममा विद्युतको प्रवाह नै नरहेको अवस्थामा नियोजित तवरले आगो लगाइएको हुनसक्ने आशंका व्यक्त गरे । आगलागीबाट करौडांैको क्षति भएको र आवश्यक कागजपत्र लगाएतका सामाग्री नष्ट भएको बताए । आगलागीको घटनामा संलग्नलाई कारवाही गर्ने उनले बताए ।
बुधबार भएको आगलागीका कारण उक्त गोदाम पूर्णरुपमा जलेर नष्ट भएको थियो ।














