Logo
Logo

अमेरिकाद्वारा युक्रेनलाई थप २७० मिलियन डलर सहयोग


630
Shares

किभ । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ । पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ ।

प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआईएमएआरएस) पनि छ । एआईएमएआरएस उन्नत हतियारहरू हुन् जुन अधिक सटीक छन् र अन्य तोपखाना प्रणालीहरू भन्दा लामो दायरा प्रदान गर्दछ।

रुस-युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको हो । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले भने, ‘रसियाले देशभर घातक हमलाहरू सुरु गरेको छ । सपिङ मल, अपार्टमेन्ट भवनहरूमा आक्रमण गरी निर्दोष युक्रेनी नागरिकहरूको हत्या गरेको छ । ’
अमेरिकाले युक्रेन सरकार र त्यहाँका जनतालाई सहयोग जारी राख्ने जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000