Logo
Logo

अष्ट्रेलियामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ साउन । अस्ट्रेलियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । अस्ट्रेलियाको कुमास्थित मोनारो हाइवेमा आइतबार बिहान कार दुर्घटना भएको हो ।
मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी रहेको बताइएको छ । कार तिव्र गतिमा रहेकाले अन्यिन्त्रित भइ सडक बारमा ठोक्किएको थियो । उक्त कारमा रहेकी अर्की एक युवतीको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्