Logo
Logo

‘द फ्लीक मोडल्स’ प्रतियोगिता हुँदै



काठमाडौं । मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादन गर्ने उद्देश्यसहित फोकस फेसनले ‘द फ्लीक मोडल्स’ नामक मोडलिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी शनिवार राजधानीमा हुने प्रतियोगितामा पुरुष र महिला मोडल विजेता चयन गरिने आयोजक फोकस फेसनका अध्यक्ष आदर्श शर्माले जानकारी गराए । उनका अनुसार प्रतियोगिताबाट पुरुष र महिला प्रमूख विजेताका साथमा फस्ट र सेकेण्ड रनर्सअपको घोषणा गरिनेछ । विजेतालाई मोडलिङ क्षेत्रमा विभिन्न अवसर प्रदान गरिने बताइएको छ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा ८ पुरुष र १५ महिला मोडल भिड्दैछन् । प्रतियोगितामाा पुरुषतर्पm ब्रबिन योञ्जन, जेम्स सुन्दास, दिपेन्द्र सोनाम, सागर बस्नेत, केबिन कार्की, शारदा बीर चन्द्र र विदान्त रञ्जितबीच स्पर्धा हुनेछ ।

त्यस्तै, महिलातर्पm सीमा गुरुङ, सीमा श्रेष्ठ, रत्ना देवी, प्रतीमा पाण्डे, गीता शाही ठकुरी, स्वती यादव, सरगम श्रेष्ठ, अंकी, श्रेष्ठ, सुष्मिता महर्जन, सुष्मिता बराल, अमिशा सुवेदी, निशा खजुरेल र सविना बस्नेतबीच भिडन्त हुनेछ ।

फोटोग्राफर राजभाइ सुवाल, कोरियोग्राफर जयन सुब्बा मानन्धर, अभिनेत्री सञ्चिता लुईंटेल, इभेन्ट अर्गनाइजर विशाल गुरुङ, मोडल दीपक घिमिरेको निर्णायक मण्डलले विजेताको चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्