Logo
Logo

‘अमेरिकन आइडल स्टार’ आर्थर सांगीतिक प्रस्तुती दिन नेपाल आउँदै



काठमाडौं । गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आईडल’को उपविजेता आर्थर गन्का रुपमा परिचित गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा नेपाल ल्याइने घोषणा भएको छ ।


आर्थरले यही महिना काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायतका विभिन्न सहरमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आईडल’ १८औं सिजनमा एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता बढेको हो । उनले प्रतियोगितामा बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभलको ह्याब् यु एभर सिन द रेन नामक गीतहरु गाएका थिए ।

उनको प्रस्तुतिलाई निर्णायकद्वारा प्रशंसा गरिएको थियो भने विश्वप्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘हि ईज द बेस्ट’ भनि प्रशंसा गरेकी थिइन् ।

उनको भिन्न र अद्वितीय स्वरलाई लोकप्रिय अन्तर्राष्ट्रिय कलाकारहरुले समेत प्रशंसा गरेका थिए । हालसम्म उनले आफ्नो ८ वटा गीत रहेका छन् । आफ्नो पहिलो एल्बम ‘ग्रहण’ २०१८ को शुरुवातमा रिलिज गरेका थिए । त्यसपछि ‘खोज’ २०१९ मा म, खोज र कर्णाली लगायतका गीतहरु ल्याएका थिए ।

विश्वभरका दर्शकबाट माया र समर्थन पाएपछि आर्थरले सबैको मायाको प्रतिफल दिन मातृभूमि नेपाल फर्कने योजना बनाएका छन् । टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन लगोको हो ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रहिआएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै खुसी लागेको हो ।’

होमकमिङ टुरको बारेमा आर्थर भनेका छन्, ‘अन्ततः मेरो जन्मभूमि नेपाल फर्केर आउन पाउँदा धेरै खुसी छु । यस टुरलाई सम्पन्न गर्न सहयोग गरेकामा ट्ुबोर्गप्रति धन्य छु । म सबैलाई भेट्न र मेरो यात्रामा मलाई साथ दिनुहुने मेरो शुभचिन्तकहरुको माझमा प्रस्तुति दिन निकै उत्साहित छु ।’

प्रतिक्रिया दिनुहोस्