Logo
Logo

राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआजा


630
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गरेका छन् ।

हिन्दू महिलाको महान् वर्ष तीजको अवसरमा राष्ट्रपति भण्डारी मंगलबार साँझ पशुपति पुगेर करिब २० मिनेट पूजाआजा गरेर फर्केका हुन् । राष्ट्रपतिलाई पशुपतिमा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ लगाएत पशुपति क्षेत्र बिकास कोषका पदाधिकारीले स्वागत र विदाई गरेका थिए ।

राष्ट्रपति उपस्थित हुने भएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्