
१. हिन्दू नारीको महान् पर्व हरितालिका (तीज) देशैभर धुमधामका साथ मनाइयो, करिब सात लाख दर्शनार्थीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा आराधना, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पनि पशुपति मन्दिरमा पूजाआजा, बेलुकी आरती चलिरहेका बेला पनि मन्दिर क्षेत्रमा भक्तजनको उत्तिकै भीड, १५ वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलियो, भक्तजनलाई दर्शनमा सहज ।

२. काठमाडौं उपत्यकामा डेँगुका बिरामी बढ्दो, काठमाडौं, ललितपुर र रुपन्देहीका अस्पतालमा बिरामीको चाप बढ्यो, ललितपुरमा एक हजार ५६, रुपन्देहीमा ३७७ र काठमाडौंमा ३३२ जना डेँगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी, अव्यवस्थित शहरीकरण पनि डेँगुका बिरामी बढेको डा. सन्जयकुमार ठाकुरको भनाइ, पानी टङ्की, गाडीको डायर, गमला घर नजिकको खाल्डाखुल्डीमा पानी जम्न नदिन आग्रह ।

३. सरकारले विभिन्न चार प्रकाका वस्तुको आयात प्रतिबन्ध लम्ब्यायो, जीप, कार भ्यानलगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयात असोज २८ प्रतिबन्ध, ६ प्रकारका वस्तुको आयात खुल्यो, कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात गर्न खुला ।

४. आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन नेपाली कांग्रेसको निर्देशन, उम्मेदवारको नाम सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी प्राप्त भएको भन्दै पार्टी कार्यालयको ध्यानाकर्षण, नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकमबाहेक उम्मेदवार सिफारिस गर्न रकम माग गर्नु विधान विपरीत हुने ।

५. विद्युतीय गाडीप्रतिको आकर्षण बढ्दै, विद्युत् प्राधिकरणद्वारा चार्जिङ स्टेशन निर्माणलाई तिव्रता, काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेशन सञ्चालन, प्रतिकिलोमिटर ७० पैसामा गाडी गुड्ने दाबी, स्वदेशी बिजुलीको खपत बढाउनका लागि चार्जिङ स्टेशन निर्माणको कामलाई रणनीतिकरूपमा अगाडि बढाइएको ऊर्जामन्त्री पम्फा भुसालको भनाइ ।

६. राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी, प्रयोगात्मकतर्फको अलगअलग स्तरीकृत अङ्क (ग्रेड) उल्लेख गर्नुपर्ने हुँदा सोको रुजुलगायत प्राविधिक कार्य भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको भनाइ, विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत क्रुटि सच्याउने काम हुँदै, केहि दिनमै नतिजा सार्वजनिक गरिने ।

७. चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न एआईजीपी सहकुलबहादुर थापाको निर्देशन, आर्थिक अपराधको अनुसन्धानमा अझ बढी संवेदनशील हुनुपर्नेमा जोड, चाडबाडको बेलामा हुनसक्ने सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय एवं सहकार्य गरी अगाडि बढ्न बढ्नुपर्ने, आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित तवरले सम्पन्न गर्नका लागि तयारीमा जुट्न आग्रह ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा झिनो अंकको सुधार, दुई दशमलब ३३ अंकले उकालो लागेर एक हजार नौ सय ९५ दशमलब ३४ मा पुग्यो, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स एक दशमलब ४९ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलब ९५ मा कायम, दुई सय २० कम्पनीको २९ लाख १४ हजार पाँच सय पाँच कित्ता शेयर एक अर्ब एक करोड ९५ लाख १६ हजार ६ सय ९६ रुपैयाँमा खरिद बिक्री ।

९. पाँचौं टि–२० आई खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज जित्यो, पाँच टि–२० आई खेलको सिरिजमा नेपाल ३–२ ले विजयी, अन्तिम खेलमा जितको लागि १ सय ७६ रनको बलियो लक्ष्य पाएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो, अव तीन एकदिवसिय अभ्यास सिरिज हुने, पहिलो खेल शुक्रबार ।

१०. सात दशकदेखि चीनको सत्ता चलाइरहेको चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय सम्मेलन आगामी अक्टोबर १६बाट सुरू हुने, सम्मेलनमा २ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने, सी चिनफिङ फेरि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव हुने अपेक्षा, ६० लाख अफगानी भोकमरीको जोखिममा, अफगानिस्तानका नागरिकलाई तत्काल आर्थिक सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको अग्रह ।















