Logo
Logo

महाअभियोग समितिले जबरासँग आज पनि बयान लिने


252
Shares

काठमाडौं । प्रतिनिधिसभाद्वारा गठित महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिने भएको छ ।

बुधबार समितिले जबरासँग चारवटा प्रश्नमा सवाल जवाफ गरेका थिए । ४३ वटा प्रश्न सोध्ने तयारी गरेको समितिले प्रधानन्यायाधिस जवरालाई आज बिहान ११ बजे बयानका लागि बोलाइए छ ।

बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्यायसम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोधेका थिए । उनले आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसदको गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको बताएका थिए ।

जबराविरुद्ध फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्