Logo
Logo

मेलिनाले गाइन् बालगीत ‘मझेरीमै नाच्न देऊ’ (भिडियो)



काठमाडौँ । लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको ‘मझेरीमै नाच्न देऊ’ बोलको बालगीतको भिडियो रिलिज गरिएको छ । कवि तथा गीतकार रामबाबु सुवेदीको शब्द तथा डिल्लीप्रसाद चापागाईंको संगीत रहेको छ ।

छुनामुना टुनाहरु, हृदयका गजुर, गजुरलाई म्वाईखाउँ मेरो हजुर जस्ता बाल लोकलयमा आधारित मर्मस्पर्शी र सुनिरहँ जस्तो लाग्ने शब्द समावेश गीत रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गीतकार रामबाबुले बताए ।

बीबी अनुरागीको एरेन्ज रहेको गीतको भिडियोको निर्देशन आचार्य गोपालले गरेका हुन् । सार्वजनिक बाल गीतमा आयुष्मा भुजेलले मुख्य भूमिकामा अभिनय गरेकी छन । जसमा स्थानीय बालबालिकाहरुको पनि अभिनय देख्न सकिन्छ चिसंखुका बाल कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

सार्वजनिक भिडियोमा कोरियोग्राफर साहारा कोइराला, छायाँकन सुजय गौतम, सम्पादन चानस पुन मगरको रहेको छ ।
बालसाहित्य र बाल गीतमा बिगत ५० वर्ष देखि कलम चलाउँदै आएका सुबेदीका आइतबारै बिहानै घाम सित उठे म, मेरो गाउँ ज्यामिरेलगायतका बाल गीतहरु हिट छन् ।

प्रतिक्रिया दिनुहोस्