
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा आज सकिँदै छ ।
विधेयक संसदले पास गरेर राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको आज १५ दिन भएको हो । संविधानअनुसार राष्ट्रपतिले आजसम्ममा नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ ।
सभामुख अग्निप्रसाद सापकोटाले भदौ २० गते नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाएका थिए । संविधाको धारा ११३ को उपधारा ४ अनुसार यस्तो विधेयक दोस्रो पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्छ ।
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक साउन २९ गते फिर्ता गरिदिएकी थिइन् ।












