Logo
Logo

राष्ट्रपतिको कदम आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य हो : वर्षमान पुन


1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई ‘निर्वाचन बिथोल्ने षड्यन्त्र’ भएको आरोप लगाएका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उपमहासचिव पुनले भनेका छन्, ‘सचेत रहौं र संयमित बनौं, निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो यो घटनाक्रम ।’

उनले राष्ट्रपतिको कदमलाई आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्यको रूपमा टिप्पणी गरेका छन् । पुनले लेखेका छन्, ‘सार्वभौम जनताको प्रतिनिधि संस्था संघीय संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लंघन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य हो ।’

राष्ट्रपति भण्डारीले संसद्बाट पास भइसकेको नागरिकता विधेयकलाई अन्तिम अवधि असोज ४ सोमबार रातिसम्म पनि प्रमाणीकरण नगरेपछि आलोचित बनेकी छन् । आलोचित बनेसँगै राष्ट्रपतिले तुरुन्त राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्