Logo
Logo

‘प्रेमगीत ३’ विवाद : भुवन केसीलाई मन्त्रालयले बोलायो


3k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

अध्यक्ष केसीले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस गर्ने निर्णय गरेपछि निर्णयबारे छलफल गर्न मन्त्रालयले उनलाई बोलाएको हो ।

मन्त्रालयले केसीलाई बिहीबार बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ । मन्त्रालयका एक अधिकारीले नेपाली फिल्मलाई विदेशी फिल्म भन्दै सेन्सर सिफारिस गरिएकोबारे छलफलका लागि केसीलाई मन्त्रालयमा बोलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्