Logo
Logo

टुकुचामाथि बनेका संरचना नभत्काउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश


1.3k
Shares

काठमाडौं । हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन रोक लगाएको हो ।

बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै तत्काल हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुर्‍याउन आदेश दिएको हो ।

पछिल्लो केही दिनदेखि काठमाडौँ महानगरपालिकाले टुकुचा खोलामाथि निर्माण गरिएका संरचनाहरु भत्काइरहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000