Logo
Logo

प्रहरीका पूर्वआईजीपी खनाल आज एमाले प्रवेश गर्ने


2.4k
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्। आज बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा स्वागत गर्नेछन्।

उनी अमृत साइन्स कलेज पढ्दादेखि नै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा आवद्ध भए पनि हाल एमाले प्रवेश गर्न लागेका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

खनालले पाँच दलीय गठबन्धनको अतिसार देखेर आफूलाई राजनीतिमा सक्रिय राख्न मन लागेको बताए। ‘पाँच दलीय गठबन्धन दलको अतिसार देखेर राजनीतिमा सक्रिय राख्न मन लाग्यो,’ उनले भने, ‘यसका लागि उपयुक्त पार्टी एमाले नै लाग्यो र एमाले प्रवेश गर्न लागेको हुँ।’

मंसिर ४ को निर्वाचनमा एमालेको लहर आउने उनको दाबी छ। एमालेको लहर ल्याउन आफूले पनि भूमिका खेल्ने उनको भनाइ छ। अन्य दलमा युवा आकर्षण गर्ने कुनै कार्यक्रम नभएको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्