हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पाँच जनाको शव दुर्घटनास्थलमा नै छ । केही बसभित्र थिचिएको आशंका छ ।
दुर्घटनास्थलमा अहिले पनि उद्धारकार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।












