Logo
Logo

१२ बुँदे सम्झौता दिल्लीमा भएको थिएन : बाबुराम


3.3k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले तत्कालीन माओवादी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीमा नभएको बताएका छन् ।

फाइल फोटो

बिहीबार पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले १२ बुँदे सम्झौता दिल्लीमा भएको भनेर गरिएको प्रचार पनि असत्य भएको बताए ।

उनले भने, ‘१२ बुँदे समझदारी दिल्लीमा गएर त्यसपछि दिल्ली हस्तक्षेपमा प्रवेश गर्यो भन्ने कुरा सत्य थिएन, १२ बुँदेको सुरुवात हामीले नै गरेका थियौ । केपी ओली, म र नारायणकाजी ड्राफ्ट गर्दा हुनुहुन्थ्यो र अन्तिम रुप प्रचण्ड र गिरिजाबाबुहरुले गर्नुभएको हो । यस्ता कुरा इतिहासमा दोहोरिँदा अन्याय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्