Logo
Logo

टिकटमा एकलौटी गर्न खोजेको भन्दै शेखर समूह भेलाको तयारीमा


756
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा संस्थापन पक्षबाट पक्षपाती व्यवहार भएको भन्दै छलफल थालेको छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको टिकटमा एकलौटी गर्न खोजेको भन्दै सच्याउन दबाब दिन स्वयम्भूको एउटा पार्टी प्यालेसमा कोइराला समूहको भेला चलिरहेको छ ।

बैठकमा कोइराला समूहका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, केही वर्तमान र पूर्व जिल्ला सभापति, भ्रातृ संस्थाका पूर्व पदाधिकारी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्