Logo
Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै


7.1k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि पनि बस्ने भएको छ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन बैठक बोलाइएको हो । बैठक शनिबार बिहान ११ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

यसअघि शुक्रबार दिनभरजसो छलफल भएपनि सहमति जुट्न सकेको थिएन । बालुवाटारमा बसेको बैठकमा दलहरु पुरानै अडानमा रहेपछि सहमति हुन नसकेको हो। शुक्रबार बिहान ११ बजे र दिउँसो २ बजे दुईपटक अलग अलग छलफलपछि गठबन्धनको बैठक बसेको थियो।

सहमति खोज्ने प्रयासलाई जारी राख्ने भन्दै नेताहरुले शनिबार फेरि बैठक बस्ने बोलाएका हुन्। गठबन्धनका नेताहरुले प्रतिनिधि सभाअन्तर्गत देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिटमा कुरा मिलिसकेको दाबी गरेका छन्। प्रदेश सभाका ३३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीका सिटमा सहमति जुटिसकेको दाबी गठबन्धनका नेताहरुको छ।

तर, मधेशका केही प्रमुख निर्वाचन क्षेत्र र पहाडी क्षेत्रका पनि केही जिल्लामा कुरा मिल्न सकेको छैन। मधेश प्रदेशमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्