Logo
Logo
कला

‘मेरो फोकस ईको टुरिज्ममा रहने छ’



‘मिस नेपाल-२०२२’की फस्ट रनरअप अर्थात ‘मिस नेपाल अर्थ’ डा सरिशा श्रेष्ठको दिनर्चा फेरिएको छ । उनी हिजोआज विमारीको उपचारभन्दा आफ्नै हेरचाहमा व्यस्त छिन् । ‘मिस नेपाल’मा सहभागी हुनुअघि उनी सुमेरु अस्पतालमा मेडिकल अफिसर थिइन् । तर, ‘मिस नेपाल अर्थ’को उपाधि जितेसँगै उनलाई अर्को जिम्मेवारी थपिएको छ ।

पुल्चोक ललितपुरकी डा सरिशा अहिले ‘मिस वल्र्ड अर्थ’को उपाधि जित्ने मनशायले तयारीमा व्यस्त छिन् । उनी यही नोबेम्बर २० मा फिलिपिन्सको मनिलामा हुने ‘मिस वल्र्ड अर्थ-२०२२’मा नेपालको प्रतिनिधित्व गर्दैछिन् । ‘सकेसम्म उपाधि लिएरै आउनेछु’ उनले भनिन्, ‘त्यसैको तयारीमा व्यस्त छु ।’

बरिष्ठ फोटोपत्रकार एवं गीतकार हरि गोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको भिडियो प्याराग्लाइडिङमा लोकोपर्ण गेर ‘वल्ड बुक रेकर्डस्’समेत राख्न सफल भइसकेकी डा सरिशाले भविष्मा वातावरणसम्नबन्धी काम गर्ने लक्ष्य लिएकी छन् । ‘मिस नेपाल अर्थ’ डा सरिशासँग एमपी सुब्बाको जम्काभेट :

मिस नेपाल अर्थ भइसकेपछि कतिको व्यस्तता बढेको छ ?
अहिले एकदमै व्यस्त छु किनभने इन्टरनेशनल पेजेन्ट नजिकिँदैछ । ‘मिस वल्र्ड अर्थ’को फाइलन यही आउने २० नोभेम्बरमा छ । अहिले त्यसैको तयारीमा व्यस्त छु ।

‘मिस नेपाल’मा सहभागी हुनुअघि तपाइँको कसरी बितिरहेको थियो ?
म मेडिकल डाक्टर हुँ । मिस नेपालमा सहभागी हुनुअघिसम्म सुमेरु अस्पतालमा मेडिकल अफिसरका रुपमा आवद्ध थिएँ । त्यसबाहेक टिभी तथा रेडियो प्रस्तोताका रुपमा पनि काम गर्थेँ । सँगसँगै मोडलिङ पनि गर्थे ।

मिस नेपालमा सहभागी हुने मनशाय कसरी आयो ?
मिस नेपालमा पार्टिसिपेन्ट हुनुअघि लोकल सौन्दर्य प्रतियोगिताहरुमा भाग लिएकी थिएँ । त्यसले मेरो व्यक्तित्व विकासमा धेरै मद्दत पु¥यायो । अर्को कुरा, सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता के त भन्दा मिस नेपाल । त्यसैले मिस नेपालमा भाग लिएर अझ एक्पिरेन्स गरौँ भनेर गएकी हुँ । तर, जित्न सक्छु/सक्दिन भन्ने थाहा थिएन । इच्छाचाहिँ पहिल्यैदेखि थियो ।

तपाइँ मेडिकल डाक्टर हुनुहुन्छ । प्रारम्भिक शिक्षा कहाँबाट सुरु गर्नुभयो ?
मैले प्रारम्भिक शिक्षा सेन्टमेरिज हाइस्कुलबाट गरेकी हुँ । जहाँ, मैले स्कुलिङ गरेकी थिएँ । त्यसपछि सेन्टजेभियर्स स्कुल माइतीघरबाट वायोलोजीमा प्लस–टु गरेँ । त्यसपछि किष्ट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट एमबीबीएस गरेकी हुँ ।

‘मिस नेपाल’मा भाग लिनुको उद्देश्य नाम कमाउनु हो ?
नाम कमाउनुभन्दा पनि मिस नेपालचाहिँ एकदमै राम्रो प्लेटफार्म भनेर बुझेकी थिएँ । मानव भइसकेपछि आफ्नो प्रतिभाअनुसार अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्इता हो । कुनै पेसाले मानिसलाई परिभाषित गर्नु हुँदैन । म चिकित्सक हो, चिकित्सकको भूमिका जहिले विमारीको उपचारमा मात्र हुन्छजस्तो लाग्छ । तर, कुनै विमारीलाई रोगबाट बचाउन जनचेतनामा पनि चाहिन्छ । त्यसैले मिस नेपालको प्लेटफामलाई सदुपयोग गर्दै चेतना फैलाउने मनशायले भाग लिएकी हुँ ।

‘मिस नेपाल’मा सहभागी भइरहँदा आफ्नो पेसामा असर परेन ?
हामीले के बुझ्नुपर्छ भने मिस नेपाल भनेको नेपालको प्रतिनिधित्व गर्ने व्यक्ति हो । अन्तर्राष्ट्रिय प्लेटफार्ममा मिस नेपालले नेपालको प्रतिनिनिध गर्छ । नेपाललाई चिनाउन इन्टरनेशनल कम्पिटिशनमा जाँदैगर्दा त्यहीअनुसार तयारी गर्नैपर्छ । त्यही कारण अस्पतालमा केही महिना लिजमा बसेकी छु । अस्पतालमा पनि त्यसमा सकारात्मक छ । म फेरि आफ्नो जबलाई कन्टिन्यू गर्नेछु र एमडीका लागि पनि ।

पछिल्लो समय सौन्दर्य प्रतिप्रतियोगिताहरु च्याउसरी उम्रिए, जसले गर्दा काम नपाउनेहरु सौन्दर्य प्रतियोगिता भाग लिन्छन् भन्न थालिएको छ । तपाइँको धारणा के छ ?

जति धेरै प्लेटफार्म भयो, त्यति नै धेरै व्यक्तिहरु अगाडि आउन सक्नुहुन्छ । आफ्नो प्रतिभा देखाउन सक्नुहुन्छ । त्यो राम्रै जस्तो लाग्छ, किनभने एउटैमात्र पेजेन्ट र प्रतिस्पर्धा भयो भने मनपोली जस्तो हुन आउँछ । तर, तपाइँले भनेजस्तै सौन्दर्य प्रतियोगिताहरु च्याउसरी उम्रिरहेका छन् । त्यसमा एउटा पोल्टिकल टुलचाहिँ हुनुपर्छजस्तो मलाई लाग्छ ।

‘मिस अर्थ वल्र्ड’मा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । के कस्तो तयारी गर्दै हुनुहुन्छ ?
मिस वल्र्ड अर्थमा अहिलेसम्म नेपालका लागि टप-८ मा पुगेर नग्मा जीले सबैभन्दा हाइएस्ट गर्नुभएको छ । कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल त्यो स्थानसम्म पुगेको छैन । त्यसकारण उहाँको कदम र शिकाइमा मैले फोकस गर्दैछु । मिस अर्थ भनेको वातावरणसम्बन्धी हो । जसकारण मैले पनि वातावरणसम्बन्धी आफ्नो प्रोजेक्टहरु बनाएकी छु । जसले मिस अर्थमा डाइरेक्ट टप-८ मा इन्ट्रि गराउन पनि सक्छ । त्यसका लागि तयारी गर्दैछु ।

अन्तर्राष्ट्रिय स्टेजमा नेपालको सन्दर्भमा बोल्नुपर्दा ?
यो प्रतियोगिता नै वातावरणसम्बन्धी हो । त्यसैले वातावरणबारे बोल्ने छु । सबैलाई थाहा छ, नेपाल सगरमाथाको देश हो । तर, त्यतिमात्र छैन । धेरै छन् प्रकृतिले दिएका उपहारहरु । थुप्रै टुरिष्ट स्पटहरु छन् । मेरो फोकस नेपालको ईको टुरिज्ममा रहने छ । साथै, नेपालको वातावरणीय समस्याबारे बोल्नेछु ।

‘मिस नेपाल अर्थ’ जितेर आफूमा के परिवर्तन पाउनुभयो ?
–परिवर्तन भनेकै व्यक्तित्व विकासमा हो । अर्को कुुरा पब्लिक नेटवर्क बढेको छ । अपर्चनिटीहरु धेरै पाइन्छजस्तो लाग्छ । पर्सनल भ्याल्लूमा परिवर्तन भएको छैन । प्रोफेशनल र लिडरशीप डेभ्लभमेन्टमा परिवर्तन पाएकी छु ।

मोडलिङमा इच्छा छ कि छैन ?
मोडलिङमा इच्छा छ । मलाई मोडलिङ किन मनपर्छ भने यो आर्टको एउटा क्रिटिभिटी हो, यसलाई ग्ल्यामरमात्र नभनौँ । मोडलिङ वा पत्रकारिता नै किन नहोस् आइडेन्डिटीका हिसाबले क्रिटिभिटी हो । त्यही हिसावले मलाई मोडलिङ मनपर्छ ।

फिल्ममा अफर आयो भने गर्नुहुन्छ ?
मलाई फिल्ममा अभिनय गर्ने रुची छैन । तर, फिल्म र अभिनयलाई म एकदमै रेक्सपेक्ट गर्छु । तैपनि सायद फिल्म क्षेत्रमा आउँदिन होला ।

बरिष्ठ फोटोपत्रकार एवं गीतकार हरि गोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको भिडियो छायाँकन र प्याराग्लाइडिङमा लोकोपर्णका क्रममा डा सरिशा श्रेष्ठका तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्