Logo
Logo

भारतीय दूतवासद्वारा पुस्तक, बस र एम्बुलेन्स वितरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० साउन । भारतले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको छ ।
भारतको ७३औँ स्वतन्त्रता दिवसका अवसरमा राजधानीस्थित उक्त भारतीय राजदूतावासमा बिहीबार बिहान एक समारोहबीच भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले जारी गरेको शुभकामना सन्देश सुनाए ।
समारोहमा भारतीय सेनामा सेवाका क्रममा वीरगति प्राप्त गरेका नेपाली नागरिकका विधवा र सन्तानलाई बीमावापतको रकम हन्तान्तरण गरिएको थियो ।
राजदूत पुरीले पर्सा, सुनसरी, काठमाडौँ, धादिङ, रौतहट, सर्लाही, सप्तरी, धनकुटा, कैलाली, इलाम, झापा, संखुवासभा, रुपन्देहीलगायत ४० वटा विभिन्न सामाजिक संघसंस्था र विद्यालयले सञ्चालन गरेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरे ।
साथै उनले देशका विभिन्न भागमा अवस्थित ३० वटा स्वास्थ्य संस्था, सामाजिक संस्थालाई एम्बुलेन्स र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, प्रहरी विद्यालयजस्ता छ वटा शैक्षिक संस्थालाई बसको साँचो हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्