Logo
Logo

कांग्रेसको संस्थापनइतर समूहले टिकट वितरणमा ४० प्रतिशत माग्ने


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले टिकट वितरणमा ४० प्रतिशत भाग माग्ने जनाएकाे छ । शनिबार संस्थापन पक्षलाई खबरदारी गर्न काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा यस्तो माग राखिएको हो ।

राजधानीको नयाँ बानेश्वरमा आयोजना गरिएको भेला नुवाकोटका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीको अगुवाइ गरेका थिए । आजको भेलालाई अवसर र न्यायका लागि आयोजना गरिएको नेताहरुले बताएका छन् ।

भेलामा संस्थापनइतर समूहका नेता शेखर कोइराला र उनको समूहका पदाधिकारी भने उपस्थित भएनन् । शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएको छ । साथै, आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्