Logo
Logo

अन्जु पन्तको ‘आफ्नै सासको त छैन भर’ (भिडियो)



काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा ‘आफ्नै सासको त छैन भर’ सार्वजनिक भएको छ । उक्त गीतलाई दर्शकले रुचाएका छन् ।

मोडल तथा युवा गीतकार मनोज सिग्देल (युरेश)को शब्दरचना र बबिता मानन्धरको संगीत रहेको गीतको भिडियोलाई अन्जु पन्त अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘आफ्नै सासको त छैन भर’ भिडियोमा पछिल्लो समयकी लोकप्रिय मोडल स्मारिका ढकाल, मनोज सिग्देल र चाँदनी कुँवरको अभिनय रहेको छ ।

मन्दिरा उप्रेतीको निर्माण रहेको भिडियोमा उजनकुमार भारतीको सिनेमाटोग्राफी, राकेश दाहालको सम्पादन रहेको भिडियोमा रामजी ज्ञवालीको निर्देशन रहेको छ । गीतकार मनोजको यसअघि गायक सुगम पोखरेलको स्वरमा ‘लाखौमा एक तिमी’ गीत आएको थियो, जसलाई दर्शकले मन पराएका थिए ।

प्रतिक्रिया दिनुहोस्