Logo
Logo

सुन तस्करी प्रकरणः गृहमन्त्रीका पिएसओलाई सचेत गराइयो




काठमाडौं । तस्करीको सुन लुकाएको आरोपमा एक व्यक्तिलाई थुनामा राखेर असुलेको आरोप लागेका गृहमन्त्री बालकृष्ण खाणका पिएसओ वरिष्ठ सइ टंक कार्कीलाई प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही स्वरुप सचेत गराएको छ । छानबिनको क्रममा सुन ल्याउने व्यक्तिसँग निकटता देखिएपछि सचेत गराइएको हो ।


विदेशबाट भन्सार छुट सुविधामा ल्याएको सुन चितवनका एक व्यक्तिले विमानस्थलबाटै लगेर गएपछि ती व्यक्तिलाई उनले थुन्न लगाई त्यसवापतको पैसा फिर्ता गर्न लगाएका थिए । सुन ल्याउने व्यक्तिसँगको चिनजानमा उनले गौशला वृत्तमा थुन्न लगाएर पैसा फिर्ता गर्न लगाएका थिए । प्रत्यक्ष रुपमा सुन तस्करीको घटनामा संलग्न नभएको र सुन ल्याउने व्यक्तिलाई सहयोग गरेको देखिएकाले उनलाई सचेत गराइएको स्रोत बताउँछ । बरिष्ठ सइ कार्कीले भने आफ्ना एक छिमेकीले बिहेका लागि ल्याएको सुन लुटिएपछि उनलाई सहयोग मात्र गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्