Logo
Logo

ज्ञानको निर्माण एकांकी हुनुहुँदैन : बाबुराम


1k
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्ञानको निर्माण एकांकी हुन नहुने बताउँदै सरोकारवालासँगको छलफल र सुझावका आधार तयार गरिने ज्ञानले मात्र जनताका समस्या समाधान गर्नसक्ने उल्लेख गरेका छन् ।

फाइल फोटो

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले सूचना संकलनले मात्र ज्ञान निर्माण नहुने भएकाले सिद्धान्तका विषयलाई व्यवहारमा समेत जोड्नुपर्ने धारणा व्यक्त गरे ।

मुलुकको द्रुततर विकास र समृद्धिका लागि ‘थिंक ट्यांक’ संस्थाको आवश्यकता औँल्याउँदै उनले भने, ‘केही दशकयता हामीले आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे पनि छिमेकी मुलुक र विश्वको तुलनामा अझै धेरै काम गर्नुछ, गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न थुप्रै काम गर्न बाँकी छ, तसर्थ नवप्रवर्तनका लागि ‘थिंक ट्यांक’को आवश्यकता टड्कारो छ ।’

‘थिंक ट्यांक’ संस्थाले ज्ञान निर्माण गर्दा अनावश्यकरुपमा कसैको पनि पक्षपोषण गर्न नहुनेमा जोड दिँदै उनले तथ्य र ज्ञानका आधारमा सत्तासिन व्यक्तिलाई जनउत्तरदायी बनाउनुपर्ने बताए ।

नेपाल जस्तो विविधतायुक्त मुलुकमा अनुसन्धान गर्दा वा ज्ञान निर्माण गर्दा समावेशीतालाई अनिवार्य आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्