Logo
Logo

नेकपाको प्रदेशसभा सचेतकको घरमा आक्रमण


- दृष्टि न्युज/संवाददाता


प्रदेश नं. ५ का नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक भूमिश्वर ढकालको सैनामैना ८ रामापुरस्थित निवासमा गएराति अज्ञात समूहले गराएको बम बिष्फोटमा क्षति भएको सरकारी गाडी ।

बुटवल, ३१ साउन । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ ।
प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उनी चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए । राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको अज्ञात समूहले उक्त आक्रमण गरेको उनले बताए ।
नेता ढकाल गम्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ । सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको जानकारी दिनुभयो । अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्