Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

डेंगु संक्रमणले भयावहदेखि कांग्रेस केन्द्रीय कार्यालयमा धर्नासम्म



१.आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू, आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्वाचन आयोगको निर्देशन, निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम गर्न आग्रह ।


२. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सत्तारुढ पाँच दलीय गठबन्धमा सिट बाँडफाँट अझै टुंगो लागेन, गठबन्धनमा आवद्ध दलहरुबीच करिबकरिब सहमति जुटिसकेको भएपनि तराईका केही निर्वाचन क्षेत्रमा दोहोरो दाबी भएका कारण सहमति जुटेन, ७५ प्रतिशत सहमति भइसकेको दाबी ।


३. नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधर समूहका नेता–कार्यकर्ताद्वारा विभिन्न माग राख्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना, पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको माग गर्दै एक घण्टा धर्ना, आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक बन्दसूची तय गर्दा उचित तवर नभएको आरोप ।


४. दसैँमा पनि सर्वोच्च अदालत खुल्ने, दसैँको बिदाको समयमा बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने, घटस्थापनाका दिनदेखि असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलद्वारा जानकारी, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुने ।


५. काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेपनि त्यसको पालना भएन, रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन, नगरप्रहरीहरुले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरु जुनसुकै समयमा कारबाहीमा पर्ने महानगरको भनाइ ।


६. नेपालमा डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता डेंगुबाट ३६ जनाको मृत्यु, २७ हजार ५६९ जनामा संक्रमण, सबैभन्दा बढी काठमाडौं उपत्यकाका डेंगुका बिरामी, बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण ।

७. नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश, २०७६ खारेज, असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकले केचना कञ्चनजङ्घा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा जानकारी, ऋण असुली न्यायाधीकरणको रिक्त कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय ।


८. सेयर बजार सामान्य बढ्यो, नेप्से आज ६ दशमलव ४१ अंकले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा कायम, व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको सेयर सामान्य बृद्धि, कारोबार रकम भने घटे, १३ लाख ७० हजार कित्ता सेयर ४८ करोड ५४ लाख रुपैयाँमा खरिद बिक्रि ।


९. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत, असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीले दिएको राजीनामा स्वीकृत गरेको जानकारी, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित, दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा ।


१०. साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाए, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी उनका कान्छा भाइ खालिद सलमानलाई, उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा १७ जनाको मृत्यु, ३ जना घाइते, श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च ।

प्रतिक्रिया दिनुहोस्