Logo
Logo

फरारविरुद्ध बारा प्रहरीको एक्सन, बलात्कार मुद्दामा फरार युवक समातिए




बारा, २६ पुस ।
विभिन्न अपराधमा दोषी ठहर भई फरार रहेका व्यक्तिविरुद्ध बारा प्रहरीले सुरु गरेको अभियानले सफलता पाउँदै गएको छ । दुई महिनामै २० भन्दा धेरै फरारलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैक्रममा बलात्कार मुद्दामा फरार युवक पक्राउ परेका छन् ।

बारा जिल्ला अदालतको २०६७ जेष्ठ २६ गतेको फैसाला सदर हुने गरी सर्वोच्च अदालतबाट २०७४ असोज २९ गते भएको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय भएका फरार प्रतिवादी निजगढ नगरपालिका(४ बस्ने ३० वर्षीय श्रवणकुमार प्रधानलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रधानलाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानका लागि बीरगंज कारागारमा पठाएको छ ।
बारा प्रहरीको नेतृत्व एसपी सानुराम भट्टराईले सम्हालेपछि प्रहरीले फरारविरुद्ध सक्रियता बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्