Logo
Logo

मुख्यमन्त्री जीवन शाहीद्वारा बडादसैँको शुभकामना


630
Shares

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार मनाउन आग्रह गरेका छन् ।

विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विकृति र तडकभडकबाट टाढै राखेर दसैँ मनाउँदा यसको मौलिकता जोगिने बताएका हुन् । मुख्यमन्त्री शाहीले दसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको बताएका छन् ।

‘दसैँले व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्नुका साथै सामाजिक सद्भाव, एकता र भातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन जान्छ । दसैँ नेपालीको ठूलो चाड भएकाले सबैमा सद्भाव, मेलमिलाप र भ्रातृत्व बढाउन यसको महत्वपूर्ण भूमिका रहेको छ । ‘

मुख्यमन्त्री शाहीले विजयादशमीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकारको ‘छ ब’ (बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार) लाई अघि बढाउन र सहकार्य तथा सरोकारको मूल कार्यनीतिलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल, संघसंस्था, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्रलगायत आम कर्णालीवासीलाई पे्ररणा मिल्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्