काठमाडौं । नेकपा एमाले नेता डम्बर बहादुर गिरीले उम्मेदवारी कायमै राखेका छन् । झापा-३ बाट एमाले र राप्रपाका साझा उम्मेदवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन छन् ।

एमालेले झापा-३ मा राप्रपालाई सघाउने र ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपाले सघाउने सहमति भएको थियो । तर, गिरीले उम्मेदवारी दर्ता गराएलगत्तै मोबाइल अफ गरेर बेपत्ता भएपछि उनको उम्मेदवारी फिर्ता भएन ।
राप्रपाका एक नेताका अनुसार गिरी भारततिर लागेका छन् । सो क्षेत्रमा सत्ता गठ बन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बनेका छन् ।











