Logo
Logo

युक्रेनको पक्षमा नेपालको मतदान


693
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभामा १ सय ४३ देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा ५ देशले मात्रै विपक्षमा मतदान गरेका छन् ।३५ देश मतदानको समयमा अनुपस्थित थिए ।

उक्त प्रस्तावमा भनिएको छ, ‘रुसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत संग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र र संगठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’

उक्त प्रस्तावमा रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्