Logo
Logo

निर्वाचन चहलपहलले फस्टायाे होटल व्यावसाय


378
Shares

महोत्तरी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन चहलपहलले महोत्तरीको होटल व्यवसाय फस्टाएको छ ।

जिल्लाका ४ प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका बजारका होटल केही दिनयता ग्राहकले खचाखच छन् । निर्वानका कारण होटल व्यवसाय प्रवद्र्धन गएको व्यवसायीको भनाइ छ ।

प्रतिनिधिसभा–१ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको संख्या ह्वात्तै बढेको छ । निर्वाचन नजिकिएसँगै होटलमा ग्रहक बढेको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष रेवन्त कार्कीले बताए ।

साना–ठूला गरी सय हाराहारीमा होटल रहेका बर्दिबासमा सबै होटल अहिले भरिभराउ देखिँदैछन् । यसबाहेक जिल्लाका सीतापुर, गौशाला, रौजा, लोहारपट्टि, पिपरा, मटिहानी, मनरा र सम्सीलगायतका मुख्य बजारमा पनि दल र अन्य उम्मेदवारका सम्पर्क कार्यालय सञ्चालन गरिएपछि चुनावी माहोल तात्दै गएको छ ।

बजारमा अहिले मुख्यतः होटलमा बढी भीड देखिएको छ । यससँगै झण्डा, ब्यानर र पर्चापम्प्लेटका लागि कपडा पसल, पेन्टर र प्रेसमा चुनावी प्रयोजनका ग्राहक बढ्दै गएका रामगोपालपुरका सामाजिक–राजनीतिक कार्यकर्ता छठु पटेल बताए ।

तिहार र छठपछि माहोल अझ उत्कर्षमा पुग्ने जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लवराजा सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्