Logo
Logo

 माधवसँग मागेको स्पष्टीकरण पत्र पार्टी कार्यालयले नबुझी आयोगमै फर्कायो 


5.7k
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण दिन पठाएको पत्र पार्टी कार्यालयले नबुझी आयोगमै फिर्ता पठाइदिएको छ ।

रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको पत्र पार्टी कार्यालयले बुझ्न नमानेको हो । उक्त पत्र पार्टी कार्यालयले बुझ्न नमानेपछि माधवलाई हुलाकमार्फत र पार्टीलाई  इमेलमार्फत पठाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको भन्दै अयोगले उनलाई पत्र लेख्नको साथै प्रहरीलाई कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो ।

प्रतिक्रिया दिनुहोस्