Logo
Logo

विपी मेरो पनि नेता हो : मेटमणि चौधरी


1.7k
Shares

दाङ । सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको बताएका छन् ।

घोराही–२ पलासेमा बाम लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले विकासका काममा आफूले कहिल्यै यो दल त्यो दल नभनेको बताएका हुन् ।

‘संसद विकास कोषको रकमबाट पहिलो वर्ष नै विपी स्मृति भवनका लागि १५ लाख र त्यसपछि क्रमशः थप्दै ८० लाख हालेँ । फिनिसिङ गर्नका लागि १ करोड थप रकम उपलब्ध गराउँदै छु । किनकि विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ,’ उनले भने, ‘मैले त्यतिबेला कांग्रेससँग गठबन्धन हुने कल्पना गरेर बजेट दिएको त थिएन । यसपाली जनमोर्चाका साथीहरुले भवन बनाइदिन अनुरोध गर्नुभएको छ । उहाँहरुको लागि पनि भवन बनाइने छ ।’

विकास साझा चाहना भएकाले सबैलाई मिलाएर हिँड्न जरुरी रहेको मन्त्री चौधरीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्