Logo
Logo

अयोगका पछिल्ला निर्णयले अब भूकम्प ल्याउँछ : प्रमुख निर्वाचन आयुक्त


4.3k
Shares

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।

शुक्रबार विराटनगरमा प्रदेशस्तरीय सञ्चारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले आचारसंहिता उलङ्घन गर्ने दल र उमेदवारका गतिविधि आयोगले टुलुटुलु हेरेर नबस्ने बताएका हुन् ।

प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दैमा कोकोहोलो मच्चाउने प्रवृत्ति बढेको समेत बताए । उनले भने, ‘अयोगका पछिल्ला निर्णयले अब भूकम्प नै ल्याउने छ । स्पष्टीकरण कारबाही नभएर प्रकृयाको शुरूवात मात्रै हो ।’

उनले सञ्चारमाध्यमलाई राजनीतिक दलका घोषणापत्रबारे पनि बहस चलाइदिन आग्रह गरे । प्रमुख अयुक्त थपलियाले मतदाता परिचय पत्र नभए पनि मतदानबाट बञ्चित नगरिने बताए ।
उनले भने, ‘लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र वा आधिकारिक निकायबाट जारी फोटोसहितको परिचय पत्र भएपनि मतदान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्