Logo
Logo

एमाले सरकारले तुइन विस्थापित गरेको ओलीको दाबी


630
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको तीन वर्षमा देशलाई तुइनमुक्त बनाएका दाबी गरेका छन् ।

शुक्रवार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सरकारले तुइन विस्थापित गरेको दाबी गरेका हुन् ।

उनले भने, ‘एमाले सरकार आएपछि जहाँ पनि सडक, जहाँ पनि झोलुङ्गे र पक्की पुल बनाएका छौँ । पहिले साह्रै गाह्रो थियो । मान्छे तुइनमा झुन्डिँदै तरेको देख्नुपथ्र्यो । अहिले हेर्नुस् त पक्की र झोलुङ्गे पुल छन्। हामीले तीन वर्षमा देशभरि नै तुइन विस्थापित गरेका छौँ । चार सय झोलुङ्गे पुल र हजारौँ किलोमिटर पक्की सडक बनाएका छौँ ।’

अरुले २० वर्षमा नगरेको काम आफू सरकारमा हुँदा तीन वर्षामा गरेको ओलीको दाबी थियो । एमाले सरकारले देश यातायात र सामाजिक सञ्जालले जोडेको समेत उनले बताए ।

ओलीले नेपालमा विकासको काम आफू नेतृत्वको सरकारको पालामा मात्रै भएको दाबी गरे । ३९६ वटा सडक उद्घाटन गरेर विकासको शुरुवात गरेको ओलीको दाबी थियो। आफूले एकैदिन ३१ पुलको उद्घाटन गरेको र अहिले एकैपटक तयार भएको दाबी पनि गरे।

प्रतिक्रिया दिनुहोस्