Logo
Logo

आयोगले विश्वप्रकाश शर्मालाई सोध्यो स्पष्टीकरण


1.6k
Shares

काठमाडौं । निर्वाचन आयोगले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले झापा-१ का उम्मेदवार शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

उनले झापाका आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । शर्माले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट प्राप्त भएको २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेका थिए ।

आयोगले रकम हस्तान्तरण भएको बारे के कस्तो भएको हो ? र नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनि प्रश्नसमेत सोधेको छ ।

प्रतिक्रिया दिनुहोस्