Logo
Logo

स्वर्णिमले भने- मलाई एमालेले काठमाडौं-७ मा उठाउन खोजेको थियो, तर मानिनँ


3.6k
Shares

काठमाडौं । अर्थविद् स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं–७ बाट चुनाव लड्न प्रस्ताव गरेको खुलासा गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्र्दै उनले कांग्रेसबाट टिकट नपाएपछि एमाले अध्यक्ष ओलीले काठमाडौ–७ बाट उम्मेदवारी दिएमा आफ्नो पार्टीले सहयोग गर्ने प्रस्ताव गरेको बताएका हुन् ।

उनले भने, ‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ । टिकट पाइन, एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर काठमाडौं–७ बाट उठ्न आग्रह गर्नुभएको थियो । त्यहाँ हाम्रो उमेद्वार छैन, एमाले सहयोग गर्छ भन्नुभएको थियो ।’ तर, आफूले कांग्रेस छाड्न नचाहेको उनले बताए ।

नेपाली कांग्रेसबाट चितवन–१ का प्रतिनिधिसभा उम्मेदवारको आकांक्षी रहेका वाग्लेले अन्तिममा भने भने टिकट पाएनन् ।

प्रतिक्रिया दिनुहोस्