Logo
Logo

पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना


315
Shares

काठमाडौं । आज नेपालको मौसममा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभावका कारण पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ ।

बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्